राष्ट्रियसभा सदस्य निर्वाचनःसिट बाँडफाँट टुङ्ग्याउन गठबन्धन बैठकमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी हुनुहुन्छ ।

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ । शनिबार बसेको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमतिको खाका भएको थियो । तर एकीकृत समाजवादीले त्यो खाकामा असन्तुष्टि जनाएको थियो ।

अहिलेको बैठकले सकेसम्म एकीकृत समाजवादीलाई मनाउने र सहमतिको प्रयास गर्ने नेताहरूले जनाएका छन् । राष्ट्रिय सभामा १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ भने त्यसकालागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
60%
3 km/h
बुध
24 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ