Ad imageAd image

नेपालीले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको चाहनालाई साकार पार्न प्रेरणा मिलोस् : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस, २०८१ को अवसरमा नेपालीले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको चाहनालाई साकार पार्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले आज मङ्गलबार शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको हो ।

“गणतन्त्र दिवस वंशीय तन्त्रलाई जनताले जितेको उत्सव हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुने गरी समानुपातिकरसमावेशी शासन प्रणाली र सङ्घीयताको अभ्यास गर्नुपर्ने यतिबेला हाम्रासामु चुनौती रहेका छन्,” सन्देशमा भनिएको छ,

“गणतान्त्रिक व्यवस्थामा शासन गर्ने पद्धति मात्रै नभई आम जनताको जीवनमा पनि परिवर्तनको अनुभूति हुनु पर्दछ, देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सके मात्रै गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ ।”

- Advertisement -
Ad imageAd image

अध्यक्ष दाहालले संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता बनेको बताउनुभएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
42%
4 km/h
मंगल
29 °C
बुध
30 °C
बिहि
29 °C
शुक्र
21 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ