Ad imageAd image

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन वृद्धि गर्नुपर्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत् स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक रहेको बताउनुभएको छ ।

बुधबार विश्व मजदुर दिवस तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उपाध्यक्ष घिमिरेले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरु दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

यसका लागि मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।‘‘मुलुकमा मानवअधिकार र लोकतन्त्रका आधारभूत मान्यताहरुलाई संवैधनिक रुपमा नै सुनिश्चितता प्रदान गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अग्रसर बनेको परिस्थितिमा श्रमको सम्मान, सुरक्षित कार्यथलो, सामाजिक सुरक्षा, आफ्नो जीवनलाई प्रभावित पार्ने नीति निर्माणमा सहभागिताका साथै लैङ्गित लगायत सबै प्रकारका विभेदको अन्त्य गर्दै रोजगारीको सृजना गर्न विशेष कार्यक्रमहरु ल्याउनुपर्दछ ।’’ उपाध्यक्ष घिमिरेद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
100%
1 km/h
आइत
26 °C
सोम
25 °C
मंगल
25 °C
बुध
23 °C
बिहि
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ