Ad imageAd image

एनपीएल : जनकपुर विजयी, पोखराको दोस्रो हार

थाइल्याण्ड नेपाल डट्कम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज(विहीबार)को पहिलो खेलमा पोखरा एभेन्जर्सले दोस्रो हार व्यहोर्नु परेको छ ।

जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । जनकपुरले १७.१ ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ४३ रन बनाएर जित हासिल गरेको हो ।

पोखराले जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको थियो । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको लक्ष्य दिएको थियो ।

जनकपुरले लगातार तीन खेलमा विजयी हासिल गरेको छ भने पोखराको यो दास्रो हार हो । जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।

- Advertisement -
Ad imageAd image

जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
64%
1 km/h
मंगल
21 °C
बुध
21 °C
बिहि
24 °C
शुक्र
25 °C
शनि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ