Ad imageAd image

एनआरएनए जापान उपाध्यक्षमा समाजसेवी दिलीप कंडेलको उम्मेदवारी घोषणा

प्रज्वला खड्का
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जापान। गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी कार्यकालका लागि समाजसेवी तथा व्यवसायी दिलीप कंडेलले उपाध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।

बागलुङ जिल्लाको गल्कोटमा जन्मिएका कंडेल सन् २००६ देखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै । हाल जापानमै सफल व्यवसाय सञ्चालन गर्दै आएका उनी सामाजिक सेवामा सक्रिय छन्।

आपतविपत्तिको बेला पीडितको राहत, नेपाली विद्यार्थी तथा श्रमिकका समस्या समाधानमा सक्रिय भूमिका, जातीय, भेगीय तथा प्रदेशस्तरीय संघसंस्थामा उनको सहभागिता सक्रिय रहेको छ ।

नेपालमा मठ–मन्दिरको संरक्षण, ग्रामीण सडक निर्माण, तथा कृषि प्रवर्द्धनजस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका कंडेल जापानमा विशेषगरी कान्साई क्षेत्रमै प्रभावशाली सामाजिक उपस्थिति जमाउन सफल भएका छन्।

- Advertisement -
Ad imageAd image

“साझा नेपाली सांस्कृतिक घर निर्माणमा पूर्ण प्रतिबद्धता” भन्ने मूल नाराका साथ अघि बढेका दिलीप कंडेल जात, धर्म, भाषा र संस्कृतिप्रति गहिरो सम्मान र अपनत्व राख्ने समावेशी नेतृत्वका रूपमा स्थापित हुँदै गएका छन्।

सेयर: 125
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
मौसम
21°C
Kathmandu
moderate rain
21° _ 21°
94%
1 km/h
शनि
26 °C
आइत
26 °C
सोम
26 °C
मंगल
23 °C
बुध
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ