Ad imageAd image

प्रवासी नेपाली मञ्च कुवेतको पहलमा भुजेलको शव आइतबार नेपाल पठाइदै

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

कुवेत, साउन १९ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा ज्यान गुमाएकी झापाकी कल्पना भुजेलको शव नेपाल पठाउन आर्थिक सहयोग संकलन गरेको छ । प्रवासी नेपाली मञ्च कुवेतको पहलमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी श्रमिक राहत कोषवाट शव पठाउन लाग्ने रकम उपलब्ध गराएको हो ।

मञ्चले कुवेतस्थित नेपाली दूतावासलाई सो रकम उपलव्ध गराएको प्रवासी नेपाली मञ्च कुवेतका अध्यक्ष रुपेन हमाल ठकुरीले जानकारी दिनुभयो । रोजगारीको लागि कुवेत आएकी ४८ बर्षीया भुजेलको जुलाई १५ तारिक कुवेतको मुबारक अल कबिर अस्पतालमा मृत्यू भएको थियो ।
झापाको शिवसतासी नगरपालिका २ निवासी भुजेलको शव मुबारक अस्पातालमै रहेको सूचना पाएपछि प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी श्रमिक राहत कोषमार्फत सहयोग गराइएको हो । मञ्चका अनुसार मृतक भुजेल अबैधानिक रहेको कारण कानूनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउन समस्या भएपनि मञ्च र दूतावासको पहलमा आइतवार नेपाल पठाउने टुंगो भएको अध्यक्ष हमालले जानकारी दिनुभयो ।

सोही अनुसार सरकारको नियमअनुसार गर्नुपर्ने प्रकृया परा गर्नको लागि लाग्ने लागत बाफत ३ सय ८५ कुवेती दिनार (नेपाली रुपैया एक लाख अरसठ्ठी हजार) प्रवासी नेपाली मञ्न्च कुवेतले दूतावसलाई हस्तान्तरण गरेको हो । कुवेतमा सरकारी प्रकृया नपुर्याई शव नेपाल पठाउन नपाइने भएको कारण सो रकम आवश्यक परेको थियो । कुवेतस्थित नेपाली दूतावसले दिएको जानकारी अनुसार मृतक भुजेलको शव आइतबार नेपाल पठाउने गरी प्रकृया पूरा भएको प्रवासी नेपालि मञ्च कुवेतका अध्यक्ष रुपेन बिक्रम हमाल ,सचिव शंकर पौडेललाइ उद्रीत गर्दै रोशन केसि जानकारी दिनु भएको छ ।

सेयर: 36
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
light rain
16° _ 16°
83%
1 km/h
बिहि
25 °C
शुक्र
24 °C
शनि
22 °C
आइत
23 °C
सोम
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ