Ad imageAd image

यता बालेन साहले एक्सन लिए, उता विभागका कर्मचारी करोडको सेटिङमा

संवाददाता
4 मिनेटमा पढ्न सकिने
4 मिनेटमा पढ्न सकिने

बिरामीका लागि प्रयोग हुने सि–आर्म मेशिनको ठेक्कामा करोडको सेटिङ, चार कम्पनीले दिए उजुरी

काठमाडौं– स्वास्थ्य सेवा विभागले बजारमा साढे ४ करोडमा पाइने सि–आर्म मेशिनलाई सेटिङ गरेर १० करोडमा खरिद गर्न लागेको खुलासा भएपछि खरिद प्रक्रियाविरुद्ध उजुरीको चाङ लागेको छ । टेन्डर आव्हान गर्दा नै विमल उप्रेती एजेन्ट रहेको जिइ कम्पनीको उत्पादनसँग मात्रै मिल्ने गरी स्पेसिफिकेसन बनाइएको थियो । जुन स्पेसिफिकेसन परिवर्तन हुनुपर्ने मागसहित चार कम्पनीले उजुरी हालेका छन् ।

१० वटा सि–आर्म मेशिनको टेन्डरमा प्राविधिक स्पेसिफिकेसन ‘लक्ड’ गरेपछि त्यसमा असहमति जनाउँदै विभागमा भएको पि–बिडिङमा एचएमटी, बायो मेड इन्टरनेशनल, मेडि इक्विप्स र इस्टवेस्ट कन्सर्नले स्पेसिफिकेसन परिवर्तन गर्न निवेदन दिएका छन् । तर, यसअघि अल्ट्रासाउन्ड, एक्स रे विथ डिआर मेशिनमा उजुरी पर्दापर्दै पनि विभागले त्यसलाई टोकरीमा फाल्दै पहिल्यै निश्चित भइसकेको कम्पनीलाई ठेक्का दिएका कारण यसमा सुनुवाई हुनेमा आशंका छ । जबकी फागुन महिनामै मेयर बालेन शाहको एक्सनका कारण काठमाडौं महानगरले खरिद गर्न लागेको एक्स रे विथ डिआर मेशिनमा स्पेक लक भएको उजुरी परेपछि तत्काल परिवर्तन भएको थियो । तर, यही मेशिन स्वास्थ्य सेवा विभागले पनि उजुरी पर्दापर्दै स्पेक परिवर्तन नगरीकन प्राविधिक मूल्यांकनमा एउटा कम्पनीमात्रै पास हुनेगरी प्रक्रिया अघि बढायो । सि–आर्मको खरिदमा पनि ६ प्रतिष्पर्धी हुँदाहुँदै जिइ कम्पनीको स्पेक लक भएकाले प्राविधिक मूल्यांकनमा यसकै सामाग्री पास हुन लगभग निश्चित छ । त्यसैले जिइको सामाग्री बेच्ने विमल उप्रेतीले यो ठेक्का पाउने मेडिकलवृत्तमा पहिल्यै ओपन सेक्रेटजस्तै छ । तर, स्वास्थ्य सेवा विभागका खरिद प्रमुख सुरेन्द्र चौरासिया यो विषयमा जवाफ माग्दा उनी बोल्नै चाहँदैनन् ।

- Advertisement -
Ad imageAd image

देशभरका ९९ प्रतिशत अस्पतालले ड्वेल मनिटर भएको सि–आम मेशिन प्रयोग गरिरहेका बेला अहिले आव्हान गरिएको टेन्डर स्पेसिफिकेसनमा भने सिंगल मनिटर राखिएको छ । सिंगल मनिटर आपुर्तिकर्ता उप्रेतीकै कम्पनीसँग मात्र भएकाले यसरी स्पेसिफिकेसन तयार गरिएको हो । यतिमात्रै होइन एक करोडमा खरिद गर्न लागिएको यसको स्पेसिफिकेसनमा २.५ किलोवाट आउटपुट मात्रै छ । जबकी यही मूल्यमा ५ देखि १५ किलोवाटसम्मको आउटपुट खरिद गर्न सकिन्छ । यसमा इमेज इन्टेन्सिफायरका रुपमा सिसिडी क्यामेरा राखिएको छ, जबकी यो भन्दा नयाँ र उत्कृष्ट रहेको एफपिडी प्रविधिको क्यामेरा भएको सामग्री यही मूल्य बजारमा पाइन्छ । विभागका व्यवस्थापन महाशाखा निर्देशक श्रवण कुमार थापाले यस विषयमा आफूलाई थाहा नभभएको तर बुझेर गडबढ भएको भए सुधार्ने जवाफ दिए । ‘म यसबारे बैठक राखेर बुझ्छु । गडबड भएको रहेछ भने स्वच्छ प्रतिष्पर्धा हुने अवस्था बनाउँछु। यसलाई गम्भिरतापूर्वक लिएको छु,’ उनले भने ।

एक्स–रे प्रविधिमा आधारित आधुनिक मेडिकल इमेजिङ उपकरण रहेको सि–आर्म मेशिनको ठेक्का पाउन सक्रिय रहेका उप्रेतीले हालैमात्र ३० करोड बजेटमा अल्ट्रासाउन्डको पनि ठेक्का पाइसकेका छन् । त्यतिबेला पनि जिइ कम्पनीकै स्पेसिफिकेसन ‘लक्ड’ भएको थियो । कोभिडकालमा विश्व बैंकले दिएको ऋणमध्ये दुइ अर्ब ४२ करोड रकम स्वास्थ्य उपकरण खरिद गर्न लागेको स्वास्थ्य सेवा विभागले सि–आर्ममा मात्रै होइन, अल्ट्रासाउन्ड, थर्माकोगुलेटेड, एक्स रे विथ डिआर, इन्डोस्कोपी अल्ट्रासाउन्ड लगायत ठूल्ठूला उपकरण खरिद पनि स्पेसिफिकेसन लक्ड गरेर ठेक्कामा सेटिङ गरिरहेको बुझिएको छ ।

(स्वास्थ्य उपकरण खरिदको ठेक्कामा भएको चलखेल र अनियमितताबारे हामी निरन्तर फलोअपमा छौं । हामीलाई फलो गरिरहनुस्, बाँकी अर्को श्रृंखलामा । )

सेयर: 239
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
56%
3 km/h
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
सोम
28 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ