Ad imageAd image

नगरपालिका संघको स्थापना दिवसमा सम्मानित सात पालिकामा रुकुमको चौरजहारी नगरपालिका पनि:-

नवीन्द्र के.सी
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल नगरपालिका संघले ५ विधामा उत्कृष्ट काम गर्ने सात वटा पालिकाहरुलाई सम्मान गरेको छ । संघको ३१औं स्थापना दिवसको अवसरमा विभिन्न विधाहरुमा उपमहानगरपालिका, नगरपालिकाहरुलाई सम्मान गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, रौतहटको गौर नगरपालिका, चितवनको रत्ननगर नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र रुकुमको चौरजहारी नगरपालिकालाई सम्मान गरेको हो ।

संघले गरेको मूल्यांकनमा गोदावरी नगरपालिकालाइ सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको छ । यस्तै सोही विधामा भीमदत्त नगरपालिका पनि सम्मानित भएको छ ।

वन वातावरण तथा जलवायु परिवर्तन र विपद व्यवस्थापन न्यूनीकरण विधामा उत्कृष्ट काम गरेका रत्ननगर नगरपालिका र रुकुम पश्चिमको चौरजहारी नगरपालिका सम्मानित भएका छन ।

- Advertisement -
Ad imageAd image

संस्थागत सुधार वित्तीय सुशासन कायम गर्ने नगरपालिकामा घोराही उपमहानगरलाई संघले सम्मान गरेको छ ।

स्थानीय आर्थिक विकासमा फड्को मारेकोमा बुटवल उपमहानगर सम्मानित भएको छ ! संघले आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सम्मान वितरण गर्नु भएको थिए ।

स्थापना दिवसको अवसरमा नेपाल नगरपालिका संघले जलवायु परिर्वतन सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम समेत राखेको थियो । यसै बिच चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीले सामजिक संजाल मार्फत नेपाल नगरपालिका संघलाई धन्यवाद व्यक्त गर्नु भएको छ !!

सेयर: 79
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्पादक  nabindra@thailandnepal.com  Web

सम्पादक

मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
56%
3 km/h
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
सोम
28 °C
मंगल
25 °C
सम्पादक
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ