Ad imageAd image

मोटरसाइकलअनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा एकजनाको मृत्यु

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । कैलालीमा शनिबार (हिजो) राति सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सु.प.प्र.०१–०११ प ४७०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जानकी गाउँपालिका–१ का ३५ वर्षीय विमल डंगौरा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विमलले चलाएको मोटरसाइकल लम्कीचुहा नगरपालिका–१ स्थित चिजबल फ्याक्ट्रीनजिक अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । त्यसपछि मोटरसाइकल सडकको नालामा पल्टिएको थियो ।

दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । उपचारका निम्ति लम्कीस्थित लालरत्न अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
scattered clouds
29° _ 29°
43%
2 km/h
बुध
29 °C
बिहि
31 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ