‘पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु केही दिनमै हुन्छ’

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गर्नुभएको छ । बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउनका साथै १० हजार मेगावाट विद्युत भारतले किन्ने सम्झौता लागू भएको बताउनु भयो । उहाँले पञ्चेश्वर अन्तिम चरणमा पुगेको र यो परियोजना दुवै देशको राष्ट्रहीतमा रहेको बताउनु भयो ।

‘‘मेरो भारत भ्रमण र अहिले भारतीय विदेशमन्त्रीको भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउने आधार त तय गरेको नै छ । एउटा त १० हजार मेगावाटको यही लागू भयो । अर्को पञ्चेश्वर अन्तिम चरणमा पुगेको छ । डिपिआर फाइनल गर्नेकुरा । हामी सबैलाई थाहा छ । त्यो दुवै देशको राष्ट्रहीतमा छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘त्यसलाई अन्तिममा मेरो भारत भ्रमणका क्रममा जो वातावरण बन्यो, त्यो कारणले पञ्चेश्वर अघि बढ्दैछ । मलाई विश्वास छ, आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ ।’’

साथै प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर परियोजनाले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पार्ने दाबी गर्नुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
60%
3 km/h
बुध
24 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ