वैवाहिक बलात्कारको मुद्दा खेपेका न्यायाधीश भुवन गिरी विरुद्धको रिटमा पेसी

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरी विरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश द्वय डा.मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी पत्नीद्वारा दायर रिट निवेदनमा बुधबार सुनुवाइ हुन लागेको हो ।

न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध रावल क्षेत्राधिकार रहेको उच्च अदालतमा ७३ नम्बरको निवेदन लिएर थुनामै राख्नुपर्ने माग गरी निवेदन दिन पुगेकी थिइन् । क्षेत्राधिकार रहेको दुवै उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि रावल सर्वोच्च अदालत आइपुगेकी हुन् ।

न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ । तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालतसम्म आइपुगेकी हुन् ।

अदालतमा मुद्दा र निवेदन विचाराधीन रहेकै अवस्थामा रावलले केही दिनअघि सर्वोच्च अदालत अगाडि आत्मदाह गर्ने भन्दै सञ्चारकर्मीलाई खबर गरेर अदालत अगाडि पुगेकी थिइन् । विचाराधीन मुद्दा र निवेदनलाई प्रभावित पार्ने गरी हर्कत गरेको भन्दै प्रहरीले रावललाई सोही दिन पक्राउ गरेको थियो । मंगलबारसमेत सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न खोजेपछि रावललाई प्रहरीले पक्राउ गरेको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ