काठमाडौँ, ११ असार : प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ । डिजिटलसहित विभिन्न सञ्चार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यक देखिएको काउन्सिलले जनाएको छ । सोहीकारण पुनरावलोकनको प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो । “प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको छ । सञ्चार माध्यमको सम्पादकीय नेतृत्व गर्ने सम्पादकको योग्यतामा फेरबदल भएको छैन । सोहीकारण हामीले त्यसको योग्यता र मापदण्ड पुनरावलोकन प्रक्रिया थालेका हौँ”, अध्यक्ष बस्नेतले आज नयाँ अनलाइन, युट्युब, सञ्चार माध्यमका सञ्चालक, सम्पादकलाई काउन्सिलमै राखिएको अभिमुखीकरण कार्यक्रममा भन्नुभयो । पत्रकारलाई गल्ती गर्ने छुट नभएकातर्फ हरदम ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले मानवीय कमजोरीले यदाकदा गल्ती भए क्षमायाचनासहित सच्याउन सधैँ अग्रसर हुन सुझाव दिनुभयो । अभिमुखीकरणमा आचारसंहिताको पाटोमा कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक विजय पौडेल र विभिन्न सञ्चार निर्देशिका एवं अनुगमनबारे काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सहजीकरण गर्नुभएको थियो । पत्रकार पौडेलले दर्शक बढाइ केही कमाउने लोभमा पत्रकारिता सक्नेतिर कोही पनि लाग्न नहुने बताउनुभयो । पत्रकार आचारसंहिता र पत्रकारिताको धर्म पालना गर्दैअघि बढेमा युट्युबसहित सामाजिक सञ्जालको सदुपयोग हुने उहाँको सुझाव थियो ।
सम्पादकको योग्यता पुनरावलोकनको तयारी

प्रतिक्रिया
ट्रेन्डिङ
आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा
काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य…
नेपालमा बालश्रम न्यूनीकरणमा कम प्राथमिकता, घोषित योजना कार्यान्वयन सुस्त
काठमाडौं । बालबालिकालाई श्रममा लगाउने कार्यविरुद्ध जनचेतना जगाउन र बालश्रमको पूर्ण उन्मूलन गर्न अन्तर्राष्ट्रिय रूपमा…
‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ सम्पन्न
काठमाडाैं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ भव्य रूपमा…
भारतमा मूल्य बढ्यो, नेपालमा अझै सस्तो : क्यान्सरका औषधिको उपलब्धतामाथि गम्भीर प्रश्न
काठमाडौं । भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटीन (Carboplatin) र सीस्प्लाटीन (Cisplatin) औषधिको खुद्रा…

