काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध आचार्यको निधनको खबरले आफू स्तब्ध भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । दुःखको यस घडीमा स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।
राष्ट्रपति पौडेलद्वारा आचार्यको निधनप्रति दुःख व्यक्त

प्रतिक्रिया
ट्रेन्डिङ
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७…
‘फिनेल’ समाचार विवादमा रातो पाटी : प्रेस काउन्सिलले माग्यो ३ दिनभित्र जवाफ
धरान : रातोपाटी डट कममा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको र पठाएको खण्डनसमेत उचित ढङ्गले…

