नारायणी नदी माथि बन्न लागेको पुलको शिलान्यास हुँदै, प्रधानमन्त्री चितवनमा

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं। चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको पुलको आज शिलान्यास हुने भएको छ । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको सो पुलको अहिले बिहान ९ :३० बजे एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।

शिलान्यासकालागि सम्पूर्ण तयारी पुरा भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधिमा आधारित सो पुल केबल स्टेट ब्रिजमा आधारित रहेको छ ।पौडेलका अनुसार एक वर्ष पुलको डिजाइन निर्माण र त्यसपछिको तीन वर्ष पुल निर्माणको अवधि तय गरिएको छ ।

अहिले भएको नारायणी नदीको पुल भन्दा पूर्व तर्फ सो पुल निर्माण हुने छ । चार सय २० मिटर लामो सो पुलको चौडाइ १२ मिटर रहने छ । बिचमा दुई पिलर रहने सो पुलमा पिलरको बिच भाग २१० मिटर फराकिलो छ ।

जसमा पानी जहाज समेत सहजै ओहोरदोहोर गर्न सक्ने छ । पुलको दुई ठाउँमा टावर राखिएका छन् । टावरसँग मिल्ने गरी केवलको माध्यमबाट पुल निर्माण गरिने छ । झन्डै १ अर्ब ६८ करोड रुपियाँ लागतमा निर्माण हुन लागेको सो पुल निर्माणका लागि सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिएको छ ।

सम्झौता अनुसार चार वर्षमा पुल निर्माणको काम सम्पन्न हुनुपर्ने बताइन्छ । हाल भएको नारायणीको पुल जीर्ण भएसँगै नयाँ पुल निर्माणको काम सुरु हुन लागेको हो । नारायणी माथि रहेको अहिलेको पुल विसं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिलर छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ