काठमाडौँ, ३० असारः नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त लगत्तै उहाँले सामाजिक सञ्जालमार्फत् सबैलाई दिनुभएको हो । उहाँले सामाजिक सञ्जालमा ‘सबैमा समान, सबैलाई धन्यवाद’ उल्लेख गर्दै धन्यवाद दिनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानको धारा ७६(२) अनुसार नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले गत शुक्रबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आज अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसदको बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सपथ सोमबार विहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले दिनुभयो सबैलाई धन्यवाद

प्रतिक्रिया
ट्रेन्डिङ
उरुग्वेलाई साउदीको कडा चुनौती, खेल १–१ को बराबरीमा टुंगियो
काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा उरुग्वे र साउदी अरबले अंक बाँडेका…
‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?
काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत सार्वजनिक गरेको…
एशियाली खेलकुद पौडी छनोट विवाद: आर्थिक चलखेलको आशंका गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं - आगामी २०औं एशियाली खेलकुद प्रतियोगिताका लागि पौडी खेलाडी छनोट प्रक्रियामा गम्भीर आर्थिक चलखेल…
बैशाख र जेठ महिनामा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौं । सरकारले मन्त्रिपरिषद्को विभिन्न मितिमा बसेका बैठकहरूबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ । शुक्रबार…

