काठमाडौँ, ५ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका सबै सांसदलाई ‘एसएमएस’ पठाउँदै भोलि (साउन ६ गते) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्नुभएको हो । “साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुने भएकोले अनिवार्य उपस्थित भई विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको जानकारी गराउँदछु” उहाँले जारी गर्नु भएको ह्वीपमा भनिएको छ । संविधानको धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
साहित्य मन थाइल्याण्डको ‘आदर्श दिव्य दर्पण’ २४औं शृङ्खला सम्पन्न: भाषा, साहित्य र संस्कृतिको जगेर्नामा जोड
बैंकक – जनैपूर्णिमाको पवित्र अवसर पारेर ‘साहित्य मन थाइल्याण्ड’ ले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २४औं संस्करण भव्यताका साथ सम्पन्न गरेको छ। अगस्ट २६ तारिख बुधबारका…


