माघ ५ गते प्रधानमन्त्री प्रचण्ड युगाण्डा जानुहुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते युगाण्डा जानुहुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराउनुभएको हो । 

प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले युगाण्डाको राजधानी कम्पालामा माघ ५-६ मा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिनुहुनेछ । सो अघि ३-४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र माघ १-२ मा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

सरकारले एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा गठित छानबिन समितिको म्याद माघ १५ गतेसम्म थप गरेको छ। पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले छानबिन समितिको म्याद थप गर्ने निर्णय गरेको हो ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता शर्माका अनुसार मङ्सिर २१ गतेको निर्णय अनुसार गठन भएको समितिको म्याद माघ १५ गतेसम्म थप गर्ने निर्णय भएको हो ।  

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
15%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ