Ad imageAd image

आगामी वर्षको बजेट जनताको निगरानीमा बन्छ : प्रधानमन्त्री प्रचण्ड

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताउनुभएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताउनुभएको हो। 

नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले बैठकमा जोड दिनुभएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। 

उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले बैठकमा विगतमा भन्दा बढी आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको थियो। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले कूटनीतिक क्षेत्रमा पनि सरकारले महत्त्वपूर्ण उपलब्धि हात पारेको दाबी गर्नुभएको पनि प्रवक्ता सापकोटाले बताउनुभयो।

- Advertisement -
Ad imageAd image

उहाँले भन्नुभयो, ‘‘अन्तर्राष्ट्रिय कूटनीतिमा पनि महत्त्वपूर्ण उपलब्धि भएका छन्। त्यसमध्ये पनि आज अध्यक्षले धेरै राम्रोसित जोड दिएर ब्रिफिङ गरेको कुरा आर्थिक विकास नै हो। आर्थिक विकासमा अहिलेसम्म भएको कुरामा चाहिँ तीन वटा कुरामा बढी जोड दिएर भन्नुभएको छ। अबको बजेट बनाउँदा पहिलो कुरा त सरकारमै छलफल गरिन्छ। बजेट बनाउँदा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ। त्यसो भएपछि जनताको के चाहना छ ? जनताले के चाहेका छन् ? भन्ने कुरा पनि हुन्छ। अहिले बजेट निर्माणका लागि मन्त्रालयमा सिलिङ बन्दैछ। त्यो सिलिङ बनाउने क्रमसँगै अहिले सबैसँग छलफल गरिन्छ। त्यो सिलिङ बनाउने कुरामा पनि आमुल परिवर्तन गर्ने उहाँको भनाइ छ। उहाँको शब्दमै मैले भन्नुपर्दा इतिहासमै अहिले यो पहिलो पटक आर्थिक विकासमा सर्वाधिक जोड दिइएको छ।’’

प्रधानमन्त्री प्रचण्डले बजेटको सिलिङ तय गर्दा पनि विगतको भन्दा उन्नत स्तरले गर्ने जानकारी पार्टीका नेताहरुलाई गराउनुभएको माओवादी केन्द्रले जनाएको छ।  

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
moderate rain
23° _ 23°
88%
3 km/h
मंगल
23 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
26 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ