Ad imageAd image

बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ : चन्द्र ढकाल

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझाव अनुरुप बजेट निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।

अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिवार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने धारणा राखेका हुन् ।

यस्तै, उनले बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी बृद्धि गर्नेगरी ल्याउनुपर्नेमा जोड पनि दिएका छन् ।

सरकारले राजस्व संकलनलाई मात्र प्राथकितामा राख्दा रोजगारी सिर्जना र उत्पादन बृद्धि तथा आयात प्रतिस्थापनको विषय ओझेलमा परेको उनको धारणा थियो । 

- Advertisement -
Ad imageAd image

उनले भने, ‘आयातमा आधारित हाम्रो अर्थतन्त्रमा भन्सारका दरहरु उच्च रहेका छन् । यसले एकातर्फ नेपाल भारतस्थित खुला सिमानाको कारणले चोरी पैठारीलाई प्रोत्साहन गरेको छ  । करका दर भन्दा दायरा बढाउनुपर्छ । राज्यले आयात प्रतिस्थापनका लागि उत्पादनलाई जोड दिनु पर्दछ, खनिजजन्य वस्तुको निर्यात खुलाउनुपर्छ ।’

यस्तै, उनले विगत दुई वर्षदेखि रेमिट्यान्सको आन्तरिक कारोबार शुन्य बनाइएकाले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पताल लगायतमा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणहरुले समेत समस्या भोग्नु परेकोले यसलाई पुनः सुचारु गर्नेतर्फ पहल गर्न सरकारलाई सुझाव दिए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
72%
1 km/h
बिहि
17 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
23 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ