संवाददाता
काठमाडौंः कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ टिभीश्रृंखला ‘मेरी बास्सै’मा फर्किएका छन् ।
धुर्मुसको पहिरनमा देखिएका उनले ६ वर्षको लामो अन्तरालपछि सिरियलमा फर्किएको जनाएका छन् ।
उनले फेसुबकमा छायांकन सेटका तस्वीरहरु समेत सेयर गरेका छन् । रामचन्द्र अधिकारी (काजी साबं), सुरविर पण्डित (दाह्री बुढां) लगायतका कलाकार पनि सेटमा देखिएका छन् ।धुर्मुसले अभिनय गरेको एपिसोड प्रसारण हुन बाँकी छ । सीतारामले ‘मेरी बास्सै’को अभिनयमा पुनरागमन भने गरेका होइनन् । शिवरात्रीमा रिलिज तयारीमा रहेको आफू अभिनित लाज शरणम्’ प्रवर्द्धनको लागि उनी ‘मेरी बास्सै’मा देखिएका हुन् ।
कुमार कट्टेल निर्देशित फिल्मले पछिल्लो साता लोकप्रिय टिभी श्रृंखलामा कलाकार पठाएर फिल्मको प्रवर्द्धन गरिरहेको छ । बिगतमा पनि सीतारामलाई ‘मेरी बास्सै’ सिरियलले धुर्मुसको भूमिकामा चिनाएको हो ।