Ad imageAd image

समाजमा नकारात्मक असर पार्ने दृश्यहरु प्रशारण नगर्न नेपाल प्रहरीकोआग्रह

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरुको प्रकाशन तथा प्रशारण नगर्न आम सञ्चार माध्यामहरुलाई आग्रह गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आईतवार काठमाडौंमा अपराधिक घटनाको समाचार संप्रेषण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समाजमा नकारात्मक असर पार्ने विभत्स दृश्यहरु भ्युज बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण नगर्न पनि सचेत गराएको छ ।

कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्युनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर विभत्स दृश्य लगायतका समाजमा नकारात्मक असर पार्ने कुराहरु जथाभावी प्रकाशन तथा प्रशारण नगर्न सचेत गराउनु भयो । उहाँले पक्राउ पर्ने बित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि सञ्चार माध्यामहरुको ध्यानाकर्षण गराउनु भयो । प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा निगरानीमा राखी कारबाही गर्ने कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, हाम्रो प्रहरीको त कति कमजोरी छन् । तर मिडियामा पनि जानेर वा नजानेर टयाक्क पक्राउ पर्ने बित्तिकै अपराधी भन्ने शब्द प्रयोग हुन्थ्यो । यस्तो स्थापित मिडियाबाट होइन । तर एफएमहरुमा जुन चाहीँ हामीले संदिग्ध अथवा अभियुक्त यस्तै भनेर प्रयोग गर्छौं । पहिलापहिला जस्तो हामीले पनि गर्‍यौं कि प्रेस मिट गर्दाखेरी दायाबायाँ हतियारधारी पूरा राखेर अभियुक्तलाई सार्वजनिक गरिन्थ्यो । त्यो यसो हेर्दाखेरी त्यति राम्रो देखिदो रहेनछ । अनि, त्यसलाई हामीले करेक्शन गरेका छौं ।

- Advertisement -
Ad imageAd image

घटनालाई उच्च प्राथमिकता नदिँदा नै राम्रो हुँदो रहेछ भन्ने देखिन्छ । र त्यस्तै सुसाईटको कुरा पनि । यसले समाजमा एक किसिमको साईकोलोजिकल प्रभाव पार्छ । त्यसैले यसलाई मिडियाबाट एउटा सामान्य कर्नरमा राखिदियो भने राम्रो होला जस्तो लाग्छ । त्यस्तै गरेर विभत्स दृश्य । कुनै ठाउँमा दुर्घटना हुन पाएको हुँदैन, त्यहाँ लाईक र लाईभ्समा कति भ्युज आउँछ भनेर क्यामरा घुमाईराखेका हुन्छौ । त्यहाँ उद्धार हुनतिर लागेका हुँदैनौं । न्युनतम मानवीय संवेदनाका कुराहरुले पनि हामी कहाँ छौ भन्ने देखिन्छ यस्ता कुराहरु आम सञ्चारबाट गईदियो भने सर्वसाधारण सुसुचित हुन्छन् भन्ने हाम्रो अपेक्षा हो, उहाँले भन्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक असर पुर्‍याउने खालका समाचार प्रशारण गर्न उपयुक्त नहुने तर्क समेत गर्नुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
overcast clouds
20° _ 20°
85%
2 km/h
शनि
23 °C
आइत
29 °C
सोम
31 °C
मंगल
31 °C
बुध
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ