Ad imageAd image

सप्तरीबाट १३ जना सडकआश्रित मानिसहरुको उद्धार

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

राजविराज । मेचीमहाकाली राष्ट्रिय उ्द्धार यात्राको पाँचौ दिन शुक्रबार मधेश प्रदेशको सप्तरीबाट १३ जनाको उद्धार भएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार राजविराज नगरपालिका वडा–७ बाट ४ जना, वडा–६  बाट ३ जना र  वडा–१ बाट १ गरि ८ जना र त्यस्तै सप्तकोशी नगरपालिका–१ बाट ५ जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएका ११ जना पुरुष र २ जना महिलालाई शुक्रबार नै  मानवसेवा आश्रम सर्लाही सेवाकेन्द्रमा गृहप्रवेशका लागि लगिएको छ ।

- Advertisement -
Ad imageAd image

उद्धार टोली शनिबार लहान र जनकपुरधाम क्षेत्रमा  बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार सेवामा रहनेछ ।

उद्धार यात्रा टोली तथा स्थानीय जनप्रतिनिधिहरुद्वारा शुक्रबार बिहान संयुक्त रुपमा सचेतनामूलक ¥याली प्रदर्शनसहित राजविराज नगरपालिकाको परिक्रमा गर्दै नगरपालिकाको प्राङ्गणमा जम्मा भई राष्ट्रिय उद्धार यात्राको उद्देश्यबारे जानकारी गराइएको थियो ।

मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले चाडपर्वको समयमा सडकआश्रित मानवहरुको उद्धार गरी उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउने उद्देश्यका साथ यात्रा सुरु गरिएको बताउँदै सहयोगका लागि सरोकारवाला सबैलाई आग्रह समेत गरे ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
few clouds
24° _ 24°
94%
2 km/h
मंगल
23 °C
बुध
28 °C
बिहि
29 °C
शुक्र
31 °C
शनि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ