Ad imageAd image

काँग्रेसलाई नयाँ ऊर्जा दिन जरा अभियान : महामन्त्री पौडेल

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेसलाई नयाँ ऊर्जासहित पुर्नजागरण गर्न जरा अभियान थालिएको बताएका छन् । उनले अभियानले कुनै गुट र सिमित ब्यक्तिहरुलाई केन्द्रित नबनाएबको बताएका छ्न् ।


नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले नेपाली काँग्रेसले गठबन्धनको राजनितिलाई काँग्रेसले अन्त्य गरेको र सबै निर्वाचन क्षेत्रमा काँग्रेसले आफ्ना उम्मेदवारहरु उठाउन सफल भएको बताए ।


‘चुनाव जित्नकै लागि गठबन्धन गरेर बिचार र सिद्वान्तलाई छोडेर जाने कार्यको अन्त्य भएको छ’ उनले भने, ‘सत्तामा जानकै लागि जोफसंग पनि गठबन्धन हुँदैन । आफ्नो सिद्वान्त बोकेर जनतासंग जान चाहन्छ ।’
काँग्रेसका क्रियाशील सदस्यहरुले अभिलेख व्यवस्थित गर्न र सदस्यता इतिहास सुरक्षित गर्न सदस्यता अध्यावधिक थालिएको उनले बताए । सदस्यताका बिषययमा आएका विभिन्न टिप्पणीहरुको खण्डन गर्दै उनले सदस्यहरुबीच भावनात्मक निकटताका लागि पनि आवश्यक भएको उनको भनाइ छ ।


विगतमा के भयो भन्ने भुल्दै सिंगो पार्टी एकता अहिलेको आवश्यकता भएको भन्दै उनले पार्टी एकताका लागि प्रयास भई रहेको उनले बताए । प्रतिष्पर्धाको राजनितिमा सदस्यता डिजिटलाइजेसन पनि जरुरी भएको उनको भनाई छ ।
काँग्रेसको प्रदेश स्तरीय भेलामा सभापति गगन कुमार थापा, उपसभापति बिश्वपणरकाश पौडेललगायतका नेताहरुको सहभागिता रहेको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
53%
3 km/h
सोम
25 °C
मंगल
24 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ