Ad imageAd image

कुलमान घिसिङलाई हटाए सडक र सदनबाट आन्दोलन गर्ने राप्रपाको चेतावनी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाए सडक र सदनबाट दुबैबाट  आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने घिसिङलाई हटाउने प्रपञ्च गरिएको भन्दै कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठाउने बताएका हुन् ।

उनले भने,‘अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमानलाई कारबाही गर्ने मात्र होईन कि शुन्य अंक दिने रे फेल हुनेलाई पास, पास हुनेलाई फेल कस्तो हो यो ? कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठ्छ ।’

त्यस्तै उनले सरकारले विधिको शासन उल्लङ्घन गर्ने काम गरेको भन्दै आपत्ति जनाए ।  

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
88%
3 km/h
आइत
28 °C
सोम
31 °C
मंगल
29 °C
बुध
28 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ