Ad imageAd image

गोरखाको महादेवटारीमा भेटियो पुरातात्विक संरचनाको भग्नावशेष

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

गोरखा । गोरखा नगरपालिका–१० छेवेटारको महादेवटारीमा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको छ । लट्टेश्वर महादेव मन्दिरको पुननिर्माण गर्ने क्रममा पुरानो इट्टाको संरचनाको भग्नावशेष फेला परेको स्थानीयले बताएका छन् ।

‘मन्दिर पुननिर्माण गर्न भनेर जेसिभीले जग खन्दा पुरानो इट्टा र गारो भेटियो,’ महादेवस्थान संरक्षण तथा बिकास समितिका अध्यक्ष कमल पोखरेलले भने, ‘पुरातात्विक संरचना हुनसक्छ भनेर हामीले अहिले काम रोकेका छौं ।’ उक्त इट्टा र संरचना एक सय बर्षभन्दा बढी पुरानो हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

राजा पृथ्वीनारायण शाह दरौदी नदीमा पौडी खेल्न आउँदा यहाँ बिश्राम गर्ने भवन रहेको र त्यही संरचनाको भग्नावशेष हुनसक्ने स्थानीयहरुले अड्कल लगाएका छन् ।
त्यस्तै, गोरखा दरवार हेरचाह अड्डा प्रमुख विष्णु पाठकले पनि भेटिएको इट्टा र संरचना एक सय बर्ष पुरानो भएको बताए ।

‘प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार एक सय बर्षभन्दा पुरानो वस्तुहरु पुरातात्विक हुन्छन्,’ उनले भने, ‘ती इट्टाको संरचनाको भग्नावशेषहरु एक सय वर्षभन्दा पुरानो हो भन्नेमा दुई मत छैन । त्यसैले ती पुरातात्विक संरचना हुन् ।’

- Advertisement -
Ad imageAd image

शाहकालिन इट्टा जस्ता देखिए पनि अध्ययन अनुसन्धानबाट मात्र थाहा हुने उनले बताए । त्यसको संरचना कहाँसम्म फैलिएको छ भन्ने कुरा पत्ता लगाउन आवश्यक रहेको उनले जानकारी दिए । पुरातत्व बिभागको स्वीकृति बिना उक्त संरचना खन्न नपाइने उनको भनाइ छ ।

पुरातात्विक संरचनाको भग्नावशेष भेटिएपछि मन्दिर पुनर्निर्माणको काम रोकेका स्थानीयले सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको बताए ।

‘यहाँ पुरानो इट्टा र संरचना भेटेकै दिनदेखि काम अघि बढाइएको छैन,’ वडाध्यक्ष प्रदिप कुँवरले भने, ‘सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेका छौ ।’ केहीदिन अघि प्रमुख जिल्ला अधिकारी, गोरखा दरवार हेरचाह अड्डा प्रमुख लगायतका सरोकारवाला निकायले उक्त क्षेत्रको स्थलगत अवलोकन समेत गरेको उनले जानकारी दिए ।

जीर्ण रहेको महादेव मन्दिरको पुनर्निर्माणका लागि भन्दै स्थानीयले गत असोज महिनामा सप्ताह लगाएका थिए । सप्ताहबाट संकलन भएको रकमले उनीहरुले मन्दिर पुननिर्माणको काम सुरू गरेका हुन् । गत फागुन २ गते जग खन्ने क्रममा पुरानो इट्टाको संरचनाको भग्नावशेष भेटिएको हो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
88%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ