रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न सर्लाही अदालतको आदेश

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । जिल्ला अदालत सर्लाहीले बाल यौन शोषणको मुद्दामा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनीविरुद्ध जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषणको आरोपमा मुद्दा परेको थियो । जिल्ला प्रहरी कार्यालयले बिहीबार सर्लाही जिल्ला अदालतमा हाजिर गराएकोमा अदालतले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बिहीबार बसेको न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

अदालतको आदेशपछि बम्जनलाई जिल्ला कारागार महोत्तरी लगिएको छ । सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बताउने बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो । बम्जनको मुद्धामा बिहीबार लगभग ४ घण्टा बहस चलेको थियो ।

वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यलयका प्रमुख कैलाश दाहाल र अधिवक्ता अन्नत न्यौपाने तथा प्रतिवादीका तर्फबाट अधिवक्ताहरू डा.कुन्साङ लामा, अजय तामाङ, दिलिप कुमार झा, महनिधि सेडाई र अमृत कुमार लामाले बहस गर्नुभएको थियो ।

बहस पछि आरोपी बम्जनलाई घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएको भन्दै अदालतले पुर्पक्षमा राख्ने दिएको हो । २०७३ साउन २० गते राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जबर्जस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर, धाकधम्की देखाइएको दायर गरिएको मुद्दामा उल्लेख छ । घटना भएको बेला पीडित बालिका १५ वर्षकीमात्र थिइन् ।

उनी १८ वर्षकी भएपछि ०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । अदालतले बम्जनलाई पक्राउ गर्न अनुमति दिए पनि फरार थिए । काठमाडौंमा पक्राउ परेका बम्जनलाई प्रहरीले स्थलमार्ग भएर बिहीबार सर्लाही पुर्‍याएर अदालतमा पेस गरेको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
haze
26° _ 26°
19%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ