Ad imageAd image

शालिन मृत्यु प्रकरणः सामाजिक सद्भाव कायम राख्न अजिरकोट गाउँपालिकाको आग्रह

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिकाले शालिन पोखरेलको मृत्युको घटनालाई अतिरञ्जित गराउने खालका पोष्टहरु सामाजिक सञ्जालमा नराख्न सबैमा आग्रह गरेको छ ।

अजिरकोट गाउँपालिका स्थायी घर भई दुई वर्षदेखि चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १० मा रहेको एकता शिशु निकेतन माविको छात्रावासमा बसेर पढ्दै आएकी १४ वर्षीया शालिन यही फागुन १२ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

आइतवार गाउँपालिका अध्यक्ष दिपक देवकोटाले प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सन्जालमा घटनालाई अतिरञ्जित गराउने खालका पोष्ट बढेको भन्दै उनको न्यायकालागि सबै गम्भीर हुन आह्वान गर्नुभएको छ ।

शालिनको मृत्युको घटनाबाट स्तब्ध भएको भन्दै गाउँपालिकाले सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय दिलाउन प्रतिबद्ध रहेको जनाएको हो । उक्त घटनाको निष्पक्ष ढंगले अनुसन्धान गर्न गाउँपालिकाले सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

- Advertisement -
Ad imageAd image

सेयर: 12
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
light rain
23° _ 23°
88%
1 km/h
बुध
23 °C
बिहि
24 °C
शुक्र
26 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ