Ad imageAd image

दोलखा–काठमाडौं सम्पर्क विभागद्वारा आयोजित हस्ताक्षर अभियान तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं,— राष्ट्रिय स्वतन्त्र पार्टीको दोलखा–काठमाडौं सम्पर्क विभागको आयोजनामा “राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियान तथा पार्टी प्रवेश कार्यक्रम” भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा संघीय सांसद माननीय डि.पी. अर्याल रहेका थिए। कार्यक्रमको सफल आयोजनामा जिल्ला सभापति रोहन बस्नेत र उपसभापति भरत बुढाथोकीको विशेष भूमिका रहेको थियो। शैलुङ गाउँपालिका–०७ क्षेत्रका विभिन्न स्थानीय नेताहरू, समाजसेवी तथा राजनीतिक कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा पार्टी प्रवेशको सिलसिलामा केही महत्वपूर्ण अनुहारहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका छन्।

प्रवेश गरेका प्रमुख व्यक्तित्वहरू यज्ञबहादुर बस्नेत – शैलुङ–०७ काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष तथा पूर्व नेकपा कमिटी शैलुङका सक्रिय नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीमा औपचारिक प्रवेश गर्दै शैलुङ–०७ काठमाडौँ सम्पर्क विभागको सभापतिको जिम्मेवारी ग्रहण गरेका छन्।

लीलाबहादुर बुढाथोकी – पूर्व नेकपा (एमाले) शैलुङ गाउँपालिका–०७ का युवासंघ अध्यक्ष बुढाथोकीले पनि आफ्नो पूर्व पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी परिवारले दुवै नेताहरूलाई हार्दिक स्वागत गर्दै उहाँहरूको नयाँ राजनीतिक यात्रामा सफलता र सक्रिय योगदानको शुभकामना व्यक्त गरेको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 46
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
overcast clouds
24° _ 24°
81%
2 km/h
सोम
24 °C
मंगल
24 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ