काठमाडौँ, २४ असार : अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको राससलाई जानकारी दिनुभयो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ । उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।(रासस)
बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता

प्रतिक्रिया
ट्रेन्डिङ
विश्वभरका वेबसाइटहरू बन्द: पीएचपी (PHP) मा गम्भीर सुरक्षा कमजोरी पत्ता लागेपछि अन्तर्राष्ट्रिय चेतावनी
काठमाडौँ — विश्वका झन्डै ७० प्रतिशत वेबसाइट सञ्चालन हुने मुख्य प्रोग्रामिङ भाषा ‘पीएचपी’ (PHP) मा…

