Ad imageAd image

सशस्त्रका इन्स्पेक्टर चन्दविरुद्ध अख्तियारले चलायो मुद्दा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) प्रकाश बहादुर चन्दविरुद्ध मुद्दा दायर गरेको छ ।

सशस्त्र प्रहरी बल, ३६ नम्बर गण डोटी दरबन्दी भएका चन्दले नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको देखिएको अख्तियारको भनाइ छ । उनले भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी परिचर पदमा नियुक्ति लिई त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरेको खुल्न आएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

हाल सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना हुन मागदाबी आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

सेयर: 25
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
heavy intensity rain
22° _ 22°
79%
आइत
29 °C
सोम
30 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ