Ad imageAd image

पर्वतारोही शेर्पाको आत्मकथा ‘हिम्बु’ लोकापर्ण

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, पर्यटन व्यवसायी तथा पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाद्वारा लिखित आत्मकथा ‘हिम्बु’ पुस्तकको आज काठमाडौँमा लोकपर्ण गरिएको छ ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको सगरमाथा आरोहण अभियानका एक मात्र जीवित सदस्य कान्छा शेर्पा, राष्ट्रियसभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य, अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा अर्जुन कार्की, नेपाल शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पा, आरोही मिङमा शेर्पा र अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङजुङ शेर्पाले संयुक्तरुपमा सो पुस्तकको लोकापर्ण गर्नुभएको हो ।

उक्त पुस्तकमा विभिन्न ३३ शीर्षकमा लेखक शेर्पाका जीवनीमा आधारित विविध संस्मरण प्रकाशित गरिएका छन् । उहाँले नेपालको पर्यटन क्षेत्रमा बिताउनुभएको ५० वर्षको अवधिमा भोग्नुभएका उतारचढाव सो पुस्तकमा उल्लेख छ । ‘सास ट्रष्ट’द्वारा प्रकाशित उक्त पुस्तकको सम्पादन साहित्यकार युवराज नयाँघरेले गर्नुभएको हो ।

सोलुखुम्बुको पाङगोम गाउँमा जन्मनुभएका लेखक शेर्पाले १३ वर्षको उमेरमा घरबाट भागेर काठमाडौँ आई पर्यटन क्षेत्रमा काम गरेको अनुभव, फ्रान्समा स्कीसम्बन्धी कामसँगै सन् १९८८ मा थामसेर्कु ट्रेकिङ स्थापना गरेको विषयलाई पुस्तकमा समेट्नु भएको छ । सन् १९८७ मा थामसेर्कु हिमालको आरोहण गरेसँगै लेखक शेर्पाले विश्वको सात महादेशमा रहेका सबै उच्च हिमालको सफल आरोहण गरेको अनुभव सविस्तार पुस्तकमा उल्लेख गर्नुभएको छ ।

- Advertisement -
Ad imageAd image

उक्त पुस्तकको विषयमा स्पेनका लागि नेपालकी पूर्वराजदूत दावाफुटी शेर्पा, पुस्तकका सम्पादक युवराज नयाँघरे, समीक्षक महेश पौडेल, पर्यटन व्यवसायी योगेन्द्र शाक्यलगायतले आफ्ना धारणा राख्नुभएको छ ।

सो अवसरमा लेखक शेर्पाले हिम्बु पुस्तक बिक्रीबाट सङ्कलित रकम सास ट्रष्टमार्फत आफ्नो गाउँको संस्था ह्यम्बु ठमिछो, किदुक खरिखोला, हिमाली क्षेत्रको मन्दिर डोल्पाको त्रिपुरा सुन्दरी र ताप्लेजुङको घुन्सा फाउन्डेसनलाई रु एक लाखका दरले प्रदान गर्ने बताउनुभयो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
64%
2 km/h
शुक्र
20 °C
शनि
21 °C
आइत
21 °C
सोम
26 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ