Ad imageAd image

तनहुँ दुर्घटना : मृतकको संख्या २१ पुग्यो

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : तनहुँको आँबुखैरेनीमा शुक्रवार विहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुने २१ जना पुगेका छन्। मृत्यु हुनेमा ११ महिला, आठ पुरुष र बालबालिका रहेका छन्। 

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार १९ जनाको मृत्यु भएको र २ जनाको शव गाडीले च्यापेको अवस्थामा रहेको छ। उद्धार जारी रहेको उनले जानकारी दिएका छन्। 

बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु रहेका बताइएको छ।  दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

शुक्रबार बिहान ११ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो। 

- Advertisement -
Ad imageAd image
सेयर: 18
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
मौसम
14°C
Kathmandu
clear sky
14° _ 14°
88%
1 km/h
आइत
26 °C
सोम
24 °C
मंगल
24 °C
बुध
24 °C
बिहि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ