एमडिएमएस र ऐनसेलको शेयर खरिदबिक्री सम्बन्धी कागजात माग गर्ने समितिकाे निर्णय

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एम.डी.एम.एस, टेरामक्स र ऐनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा हालसम्मको प्रक्रिया र नीतिगत निर्णय सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

आज भएको छलफलपछि समितिले एम.डी.एम.एस, टेरामक्स र ऐनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा सञ्चार मन्त्रालय अन्तर्गतको समितिले गरिरहेको छानबिनको कागजात र अदालतको आदेश लगायतका सामग्री सात दिनभित्र समितिमा पेश गर्ने गरी माग गर्ने निर्णय गरेको हो । 

छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजीनामा वा कुनै पनि बहानामा भ्रष्टाचारी कोही पनि जोगिन नसक्ने भन्दै गल्ती गर्ने छुट कसैलाई नभएको बताउनुभयो । 

मन्त्री शर्माले दूरसञ्चार प्राधिकरण स्वायत्त नियामक निकाय भएको र खरिदसँग जोडिएको काम खरिद प्रक्रिया, ऐन अन्तर्गत बसेर प्राधिकरण आफैले गर्ने स्पष्ट पार्दै खरिदको नीतिगत निर्णय मात्रै सरकारले गर्ने बताउनुभयो ।

मन्त्री शर्माले कानुनी छिद्रबाट छिरेर भइरहेका र देखिएका समस्या समाधान गर्न दूरसञ्चार ऐन निर्माणको काम मन्त्रालयले गरिरहेको जानकारी गराउनुभयो । 

सञ्चारमन्त्री शर्माले मन्त्रालय आफैले छानविन गर्ने र कारबाही गर्ने काम नगर्ने भन्दै सम्बद्ध निकायलाई जानकारी गराउने र छानबिनमा सहयोग गर्ने काम मन्त्रालयले गर्ने  स्पष्ट पार्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले एम.डी.एम.एस, टेरामक्स आवश्यक भएपनि यसको खरिद प्रक्रियामा समस्या र अप्ठ्यारोपन देखिएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने छानबिनबाट अगाडी बढ्ने बताउनुभयो ।

सचिव सुवेदीले एनसेल खरिदबिक्री प्रक्रियाका विषयमा अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको र समितिले अध्ययन गरिरहेकाले उक्त अध्ययन प्रतिवेदन प्राप्त भएपछि सुझावका आधारमा काम अगाडी बढाउने पनि स्पष्ट पार्नुभयो । 

छलफलमा सांसदहरुले एम.डी.एम.एस, टेरामक्स र ऐनसेलको शेयर खरिदबिक्री प्रक्रियाको निष्पक्ष छानविन गर्नुपर्ने, कानुनी छिद्रबाट आएका समस्या हटाउन समयमा नै कानुन बनाउनु पर्ने, नियामक निकाय खरिद प्रक्रियामा जोडिन नहुने, बेथिति र अनियमितता गर्नेलाई कारबाही गर्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ