Ad imageAd image

कांग्रेस रुकुम पश्चिम चौरजहारी नगर समितिको निर्णय: तीनै तहका सरकारलाई प्रतिपक्षका रूपमा खबरदारी गर्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । नेपाली कांग्रेस रुकुम पश्चिम चौरजहारी नगर समितिले तीन तहकै सरकारलाई खबरदारी गर्ने भएको छ। नगर भेलाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई खबरदारी गर्नेगरि कार्ययोजना बनाउने निर्णय गरेको हो । चौरजहारी नगर सभापति प्रेम बहादुर वालीको सभापतित्वमा सम्पन्न नगर भेलाले नगरपालिकाका वडा लगायत गाउँ पालिका सरकारको काम कारबाहिको अध्ययन अनुगमनगरि प्रतिपक्षको भुमीकालाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।

त्यस्तै, भूकम्प पीडितलाई राहत दिने कार्यको प्रभावकारिता, राहत वितरणमा भएको अनियमितता लगाएत विभिन्न विषयमा सरकारकाे ध्यानाकर्षण गराउने भएको छ । त्यस्तै, गुणस्तरीय स्वास्थ्य सेवा, तथा शिक्षाका विषयमा खबरदारी गर्ने निर्णय गरेको छ ।

भ्रष्टचार अन्त्यका लागि स्थानीय सरकारलाई दबाब दिने नगर समितिले निर्णय गरेको चौरजहारी नगर समिति सदस्य तथा वडा नं.१२का सचिव दिल बहादुर ओलीले जानकारी दिनुभयो।

- Advertisement -
Ad imageAd image

बैठकमा मुसिकोट नगरपालिका नगर प्रमुख महेन्द्र केसी,उपसभापति हर्क सिंह खत्री, जिल्ला पार्टी सचिब प्रमेस्वार भन्डारी, तरुण दल अध्यक्ष लोकेन्द खत्री,महिला नेत्री मनीशा भन्डारी लगाएतले बोल्नु भएको थियो। बैठकमा ३०० जना नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
3 km/h
मंगल
18 °C
बुध
29 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ