Ad imageAd image

गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । उपप्रधानम एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा उक्त रिटमा सुनुवाइ तोकिएको थियो । तर रिट निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगित गर्न निवेदन दिनुभएकाले आज सुनुवाइ स्थगित भएको हो ।

अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।

- Advertisement -
Ad imageAd image

अधिवक्ता भट्टराईद्वारा दायर रिटमा गृहमन्त्रीले अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीतसमेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्था उहाँलाई पदबाट निलम्बन गर्न माग गरिएको हो ।

रिटमा भनिएको छ, ‘‘विपक्षी उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश जारी गरिपाऊँ ।’’

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
clear sky
20° _ 20°
23%
1 km/h
बुध
20 °C
बिहि
33 °C
शुक्र
33 °C
शनि
33 °C
आइत
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ