Ad imageAd image

सरकारले ल्याएको बजेट कार्यान्वयन चुनौतीपूर्ण : एमाले सचिव विष्ट

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ। नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।मङ्गलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको बताउनुभयो । उहाँले सरकारले करका दर यथावत् वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महसुल कम्तीमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको उल्लेख गर्नुभयो ।

सचिव विष्टले चालु खर्च ६१ प्रतिशत, पुँजीगत १९ प्रतिशत, वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहाली लाग्दो अवस्था देखापरेको जिकिर गर्नुभयो । उहाँले यसका लागि सार्वजनिक पुनरावलोकन उच्चस्तरीय आयोगको सिफारिसलाई कार्यान्वयन गर्नका लागि संसदमा साझा सहमतिका साथ अगाडि जान नसके विकास र पुँजीगत खर्च केवल सपनामा मात्रै सीमित हुने अवस्था रहेको दाबी गर्नुभयो ।

- Advertisement -
Ad imageAd image

उहाँले चालु आर्थिक वर्षको अहिलेसम्म आठ खर्ब ७५ अर्ब राजस्व प्राप्त हुँदा आगामी आर्थिक वर्षको लागि १२ खर्ब ६० अर्बको लक्ष्य बढी चुनौतीपूर्ण देखिएको बताउनुभयो ।

उहाँले वैदेशिक अनुदानको हिसाबले हेर्दा हालसम्म १५ अर्ब मात्रै अनुदान प्राप्त भएको भन्दै आगामी आर्थिक वर्षमा ५२ खर्बको अपेक्षा यथार्थसँग मेल खाने सम्भावना कम रहेको जिकिर गर्नुभयो ।उहाँले आन्तरिक ऋणबाट तीन खर्ब ३० अर्ब उठाउने अपेक्षा राखिएको भए पनि सरकारले आन्तरिक ऋण बढी लिएको अवस्थामा निजी क्षेत्रमा जाने कर्जा सङ्कुचित हुने, बैङ्कको ब्याजदर बढ्ने, निजी क्षेत्रले उत्पादनवृद्धि र रोजगारी गर्ने सम्भावना कम हुने भन्दै यो विषयमा अर्थमन्त्री गम्भीर हुन सुझाव दिनुभयो ।

सचिव विष्टले बजेटले पाँच उद्देश्य, प्राथमिकता, रणनीति र रूपान्तरणकारी क्षेत्र छुट्याएपनि त्यसको अनुपातमा कार्यक्रममा बजेट विनियोजन कम भएको बताउनुभयो । उहाँले कृषि दशक भनिएको तर यही वर्षको बजेटमा कृषि क्षेत्रमा बजेट घटाउनु राम्रो नभएको बताउनुभयो ।

उहाँले १६ लाख पर्यटक भित्र्याउने भनिए पनि पर्यटक आउने पूर्वाधारहरू पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय स्थल चलाउने उद्घोष नभएको भन्दै असन्तुष्ट जनाउनुभयो । उहाँले सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि नगरेसम्म ६ प्रतिशतको आर्थिक वृद्धिको सम्भावना पनि कम रहेको बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
clear sky
28° _ 28°
29%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ