Ad imageAd image

माओवादीको विधान सम्मेलन फागुन १, २ र ३ गते हुने

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन फागुनको पहिलो हप्ता हुने भएको छ। शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सो सम्मेलन फागुन १, २ र ३ गते गर्ने औपचारिक निर्णय गरेको हो। सम्मेलनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। 

बैठकले राष्ट्रिय सभा निर्वाचनको तयारीको लागि पार्टीको तर्फबाट पनि समन्वय समिति बनाएको छ। पार्टी प्रवक्ता सापकोटाकाअनुसार माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय पनि गरेको छ। त्यसैगरी पार्टी स्थायी कमिटीको अर्को बैठक माघ २६ गते बोलाउने निर्णय पनि बैठकले गरेको छ।

प्रवक्ता सापकोटाले भन्नुभयो, ‘‘सबैभन्दा मुख्य एजेण्डा विधान सम्मेलन हो। विधान सम्मेलनको बारेमा फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भयो। त्यसका लागि प्रतिनिधिहरु छान्ने मापदण्ड तय गरिएको छ। यसको अतिरिक्त अर्को स्थायी समिति बैठक माघको २६ गते बस्ने निर्णय गरिएको छ। पार्टीले राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि समन्वय समिति बनाएको छ। त्यसले तयारी गर्ने भन्ने निर्णय भएको छ। अर्को पार्टी एकताको विषयमा छलफल भएको थियो। पार्टी एकताको विषयमा पार्टी एकता संयोजन समिति हाम्रै पार्टी अध्यक्षको नेतृत्वमा बनाउने भन्ने निर्णय भएको छ।’’ 

माओवादी केन्द्रले पार्टीको हालै सम्पन्न पार्टीको विशेष रुपान्तरण अभियानले पार्टीका नेता, कार्यकर्ताको मूल्यांकनको वस्तुवादी आधार तयार पारेको प्रारम्भिक विश्लेषण गर्दै त्यसको विस्तृत छलफल आगामी माघ २६ गते बोलाइएको स्थायी कमिटी बैठकमा गर्ने निर्णय पनि गरेको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
light rain
25° _ 25°
78%
1 km/h
बुध
26 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
21 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ