काठमाडौँ, १९ असार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव २२ को अङ्कमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार एक सय ९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम रु पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार नौ सय ३५ बराबर पुगेको छ । आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै छ दशमलव १२ र वित्त समूहको सूचक छ दशमलव ०४ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ६३, विकास बैंक दुई दशमलव ७१ र लगानी शून्य दशमलव १८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन शून्य दशमलव १९, जलविद्युत् शून्य दशमलव ६८, जीवन बीमा शून्य दशमलव २५, उत्पादन तथा प्रशोधन एक दशमलव ०७, लघुवित्त शून्य दशमलव १४, म्युचुअल फण्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र आइसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ७० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स लिमिटेडको रु २३ करोड एक लाख ७७ हजार सात सय ७४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनएमबी–५० को ३८ लाख १४ हजार आठ सय १५ कित्ता शेयर किनबेच भएको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

प्रतिक्रिया
ट्रेन्डिङ
गजल
प्रचण्ड हुरीमा दियो बलेको देख्दारमाउँछन् मान्छे यहाँ ढलेको देख्दा।दया र मायाको आश गर्नु व्यर्थ छउपहास…
एनआरएनएकै नेटवर्क प्रयोग गरी अबैध क्रिप्टो धन्दा : विदेशमा रहेका नेपालीको करोडौं डुब्ने जोखिम
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेटवर्क दुरुपयोग गर्दै विदेशमा रहेका नेपालीलाई लक्षित गरेर…
‘थाइल्याण्ड नेपाल डटकम’काे समाचारप्रति डा. बद्री केसीको खण्डन
‘एनआरएनएकै नेटवर्क प्रयोग गरी अबैध क्रिप्टो धन्दा: विदेशमा रहेका नेपालीको करोडौं डुब्ने जोखिम’ शीर्षकमा प्रकाशित…

