काठमाडौँ, ८ असारः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संसद्को पूरा अवधिसम्म टिक्ने भएकाले कुनै दुविधा नराख्न आग्रह गर्नुभएको छ । उहाँले पार्टीको इतिहास, आन्दोलनको योगदान, आवश्यकता र संसद्को अङ्कगणितका आधारमा समेत यही सरकारले पूर्ण कार्यकाल काम गर्ने बताउनुभयो । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले संसद्मा माओवादी केन्द्रको थोरै सङ्ख्या छ भनेर चिन्ता नगर्न र दुविधा नलिन अनुरोध गर्नुभयो । “सरकार कति दिनको होला, चल्छ कि चल्दैन, केही दिनपछि सरकार जाँदैछ रे भनेर दुविधा उत्पन्न गराउने कोसिस भएको देख्छु तर हामीलाई हटाउन सजिलो छैन, संसद्मा हाम्रो जादुवाला नम्बर छ, त्यो जादुले अनेक गरेर मिलाइहाल्छ”, उहाँले भन्नुभयो । राजनीतिक दलहरूसँग भएका समझदारीको पूर्ण पालनाप्रति आफूहरू जहिल्यै पनि इमान्दार रहेको जनाउँदै उहाँले भ्रष्टाचारविरुद्ध, सामाजिक न्याय र समृद्धिका लागि काम गर्न आफू दत्तचित्त रहेको बताउनुभयो । माओवादी केन्द्रले नयाँ विचारका लागि महाधिवेशनतर्फ जाने तयारी गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले केन्द्रीय समितिको आगामी बैठकबाट महाधिवेशनको मिति तोकिने बताउनुभयो । “महाधिवेशनमा नयाँ विचार संश्लेषण गर्छौँ, नयाँ अभियान र विचारसहित पार्टीलाई अघि बढाउँछौँ । गणतन्त्रलाई सुदृढ गरी मुलुकलाई सुशासन र समृद्धिको नयाँ युगतिर लैजान महाधिवेशनले थप दिशानिर्देश गर्नेछ”, उहाँले भन्नुभयो । देशमा रहेको विविधताका आधारमा नयाँ राष्ट्रिय एकताका लागि आत्मनिर्णयको अधिकारसहितको विशेष व्यवस्था गर्न विगतमा पार्टीले भूमिका बारे उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार, संसद् र सडकको मोर्चाबाट पनि फेरि एकपटक पार्टीलाई नयाँ उचाइमा लैजाने बताउनुभयो । त्यसका लागि पार्टीका मोर्चालाई बलियो बनाउने र अभियानको रूपमा जनतासँग जोड्न सकरात्मक, रचनात्मक र ऐतिहासिक सङ्कल्प सुरु गरिसकेको छु उहाँले भन्नुभयो ।
पार्टीसँग ‘जादु’ नम्बर छ, सरकार पूरै अवधि टिक्छ : अध्यक्ष दाहाल

प्रतिक्रिया
ट्रेन्डिङ
बिरामी बुवाको उपचार खर्च लिएर बीपी जाँदै गरेका प्रधानाध्यापकको धरानमा दुर्घटनामा मृत्यु
धरान l सुनसरीको धरान स्थित बिरामी बुवाको उपचारको लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार…
धरानमा श्रावण १५ भदौ ३१ गतेसम्म निःशुल्क दन्त परीक्षण शिविर हुने
धरान । धरानमा आगामी श्रावण १५ गतेदेखि सञ्चालन हुने निःशुल्क दन्त परीक्षण शिविरको प्रचारप्रसार सुरु…

