Ad imageAd image

डेढ वर्षमा बन्नुपर्ने सडक तीन वर्षमा पनि बनेन

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापती गाउँपालिकासँग जोड्ने मन्थली–गाल्पा सडकको काम लामो समयदेखि अलपत्र परेको छ ।

सो सडकको मन्थलीबाट खाँडादेवी गाउँपालिका–५ पकरबासको सिकारी डाँडासम्म तीन वर्ष अघि नै कालोपत्रे भइसकेको भए पनि बाँकी निर्माणको काम अलपत्र परेको छ । पटक पटक सडक निर्माणको म्याद थपिएको भए पनि निर्माण कम्पनीले काम गरेको छैन ।

सम्झौता अनुसार सो सडकको पकरबास–गोगनपानी–गाल्पा खण्डको काम २०७९ पुसमा नै कालोपत्रे गरी जिम्मा लगाइसक्नु पर्ने हो । तर निर्माण कम्पनी दिवा÷ओम बुद्ध÷अर्याल जेबी दोलखाले तीन वर्षसम्म पनि काम नगरी सडक आयोजना अलपत्र पारेको नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी अध्यक्ष समेत रहेको मोतीलाल तामाङले बताए ।

जिल्ला पूर्वाधार विकास कार्यालय मार्फत ठेक्का लगाइएको सो सडकको काम समयमा नभएपछि गतवर्ष खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सामाजिक अगुवा समेतले पूर्वाधार कार्यालयमा नै तालाबन्दी समेत गरेका थिए । सो तालाबन्दी गत जेठ ९ गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ लगायत जनप्रतिनिधि, पूर्वाधार विकास कार्यालय मन्थलीका प्रमुख बिरेन्द्रकुमार बज्राचार्य, प्राविधिक, निर्माण कम्पनीका प्रतिनिधि लगायत बसी थप गरिएको म्याद भित्रै कार्यसम्पन्न गर्ने कागज गरिएको थियो । तर थप गरिएको अवधिमा पनि निर्माण कम्पनीले काम पुरा गरेको छैन ।

- Advertisement -
Ad imageAd image

सडकका केही ठाउँमा नाला सफा गर्ने, कता कति वाल लगाउने लगायतका काममा श्रमिकहरू लगाएर निर्माण कम्पनीले काम पनि गरिरहे जस्तो गरेर निर्माणको काममा आलटाल गरेको छ । निर्माण व्यवसायीले सहमति अनुसार काम नगरेको खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङले बताइन् । 

जिल्ला पूर्वाधार कार्यालय रामेछापका प्रमुख बिरेन्द्रकुमार बज्राचार्यका अनुसार सो  सडकमा हालसम्म ३३ प्रतिशत काम मात्र भएको छ  । डेढ वर्षमा सक्नु पर्ने काम साढे ३ वर्ष हुँदा जम्मा ३३ प्रतिशत मात्र प्रगति हुनुले सडक निर्माणकार्य पुरा हुन अझै कति समय लाग्ने हो निश्चित छैन । 

सडक निर्माणको लागि अहिलेसम्म नौ÷नौ महिना गरी दुई पटक म्याद थप गरिएको छ  । दोस्रो पटक थप गरिएको म्याद पनि सकिएको छ । तर काम भने अलपत्र नै छ । 

कूल १५.२६ किलोमिटर लामो पकरबास–गोगनपानी–गाल्पा सडक पिच गर्न ४७ करोड रुपैँया लागत इष्टमेट गरिएको थियो । तर निर्माण कम्पनीले २६ करोड रुपैँयामा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । लागत इष्टमेटको झण्डै आधा कम रकममा निर्माण सम्झौता गरेको कम्पनीले काममा घाटा लाग्ने भन्दै निर्माण कार्यमा आलटाल गर्दै आएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
clear sky
21° _ 21°
22%
1 km/h
बुध
21 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
33 °C
आइत
31 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ