Ad imageAd image

नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण वैशाख ३१ गतेबाट सुरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण यही वैशाख ३१ गतेबाट सुरु हुने भएको छ ।

‘स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने मूल नारासहित नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।

सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्मेलन प्रमुख विशाल घोषले स्वास्थ्य क्षेत्रका सम्पूर्ण विषयवस्तुमा खुला छलफल गर्ने साझा मञ्चको रुपमा स्वास्थ्य सम्मेलन रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य सरोकारवालाहरुबीच समन्वय, सहजीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहिलो सम्मेलन सार्थक रह्यो । यही अनुभव र आवश्यकतालाई आत्मसात गर्दै हामीले नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण आयोजना गर्न लागेका हौँ ।”

- Advertisement -
Ad imageAd image

सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनको आयोजना हुने सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन नेपालको साथ पनि रहनेछ ।

सम्मेलनमा स्वास्थ्य बीमा कार्यक्रम, नसर्ने रोगका जोखिम, चिकित्सा शिक्षालगायतका विषयमा सत्रहरु सञ्चालन हुने छन् । नेपाल स्वास्थ्य सम्मेलनको पहिलो संस्करण वि.सं.२०७७ चैतमा भएको थियो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
100%
1 km/h
सोम
27 °C
मंगल
28 °C
बुध
27 °C
बिहि
22 °C
शुक्र
16 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ