Ad imageAd image

व्यवस्था खराब होइन, संचालकको कार्यशैली ठिक भएन् ः झाँक्री

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आर्थिक र राजनीतिक गतिविधि सही बाटोमा नहुँदा पर्याप्त रोजगारी सिर्जना हुन नसकेको बताएकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित अन्तरपुस्ता संवाद फोरममा उनले व्यवस्था आफैंमा खराब र असल भन्ने होइन् त्यसलाई सञ्चालन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको भन्दै युवाहरुलाई देशमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘व्यवस्था आफैंमा खराब र असल भन्ने कुरा हुदैँन् । व्यवस्थालाई कसरी सञ्चालन गर्ने भन्ने कुरा हेर्नुपर्छ । हाम्रो आर्थिक अवस्था, राजनीतिक गतिविधिले गर्दा देशमा रोजगारी सिर्जना गर्न सकिरहेका छैनौ ।’

- Advertisement -
Ad imageAd image

यसको साथै उनले देश आजसम्म पनि निर्वाहमुखी कृषिमा रमाइरहेको भन्दै यस्तो कृषिले देश विकासमा सहयोग नपुग्ने बताइन् ।

उनले भनिन्, ‘हामी आजसम्म पनि निर्वाहमुखी कृषिमा रमाइरहेका छौं । व्यवसायिक कृषिमा जान सकेका छैनौ । यसरी नै जाने हो भने हामी कतै पनि पुग्न सक्दैनौ ।’

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
71%
1 km/h
शुक्र
28 °C
शनि
30 °C
आइत
32 °C
सोम
31 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ