Ad imageAd image

बढ्यो गाडीको कारोबार, भित्रियो ५५ अर्ब रूपैयाँभन्दा बढी

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । यो वर्ष सवारी साधनको आयातमा उल्लेख्य सुधार देखिएको छ। गत वर्षको तुलनामा मूल्य, परिमाण र राजस्व सबै हिसाबले गाडीको कारोबार बढेको हो।

भन्सारको तथ्यांक अनुसार परिमाण र मूल्यको अनुपातमा राजस्व वृद्धिदर भने धेरै छ। आर्थिक वर्ष २०७९र८० को तुलनामा परिमाणात्मक रूपमा सवारी साधन र त्यसको पाटपुर्जाको आयात ३३ प्रतिशतले बढेको छ।

२०७९ साउनदेखि चैतसम्म तीन करोड ९३ लाख २४ हजार यस्ता साधन तथा सामग्री आयात भएको थियो। २०८० साउनदेखि चैतसम्म भने पाँच करोड २४ लाख ६९ हजार वटा आयात भएको छ।

आयात मूल्यका हिसाबले अघिल्लो नौ महिनामा ३६ अर्ब ४४ करोड रूपैयाँ बराबरको भएको थियो। यो वर्ष नौ महिनामा ५५ अर्ब ४८ करोड रूपैयाँ बराबरको भएको छ।

- Advertisement -
Ad imageAd image

भन्सार विन्दुमा उठ्ने राजस्व गत वर्ष नौ महिनामा २४ अर्ब आठ करोड रूपैयाँ बराबरको मात्रै भएको थियो। यो वर्ष बढेर ३९ अर्ब ८९ करोड रूपैयाँ पुगेको छ।

यिनै साधन तथा पाटपुर्जाको परिमाणात्मक आयात ३३ प्रतिशतले बढ्दा आयात मूल्य ५२ प्रतिशतले बढेको छ। राजस्व ६५ प्रतिशतले बढेको छ। भन्सार प्रशासनले विद्युतीय गाडीमा भएको छुटका कारण सवारी साधनबाट उठ्ने राजस्व तुलनात्मक रूपमा कम उठेको तर्क गरिरहेका छन्।

गत फागुनमा संसदको अर्थ समितिमा भन्सार विभागका तत्कालीन महानिर्देशक शोभाकान्त पौडेलले विद्युतीय गाडीलाई दिइएको छुटका कारण मात्रै ३३ अर्ब कम राजस्व उठेको बताएका थिए। बिजुली गाडीप्रतिको आकर्षण बढ्दै जान थालेपछि सरकारले क्रमशः बढी प्रयोग हुने गाडीको राजस्व बढाउन थालेको छ। यसको प्रभाव राजस्वमा पनि देखिन थालेको छ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
drizzle
16° _ 16°
100%
2 km/h
आइत
19 °C
सोम
26 °C
मंगल
23 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ