मोरङ, २४ असार : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताउनुभएको छ । त्यसका लागि सम्भावित जोखियुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क वाइफाई जडान गर्न उहाँले निर्देशन दिनुभयो । प्रदेश आन्तरिक मामिला मन्त्रालयद्वारा ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ bipad.koshi.gov.np को आज शुभारम्भ गर्नुहुँदै उहाँले विपद् जोखिममा रहेका र जङ्गली जनावरबाट हुने क्षति रोक्न ती स्थानबाट सहज सूचना दिने उद्देश्यले निःशुल्क वाइफाई जडान गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले विपद्का समयमा नागरिकले प्राप्त गर्ने र स्थलगतरूपमा दिइने सूचनाले समयमै सुरक्षा गतिविधि अगाडि बढाउन सूचना प्रविधिको सञ्चालन महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यसबारेमा नागरिकलाई सुुसूचित गराउनुपर्नेमा समेत जोड दिनुभयो । “अहिले सूचना नै सुरक्षाका लागि सबैभन्दा सहज माध्यम बन्नसक्छ । तत्काल सूचना पाएमा तत्कालै सतर्कता अपनाउन, राहत तथा उद्दारका काम गर्न सहज हुन्छ । विगतमा कोभिड, बाढीपहिराजस्ता विपद्का समयमा पनि द्रुतरूपमा उद्धारलगायतका काम गरेका उदाहरण पनि छन् । त्यसैले यसको प्रयोगमा जोड दिनुपर्छ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले विपद्को अवस्थामा साथ र सहयोग पु¥याउने सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विपद् व्यवस्थापन पोर्टलले प्रदेशमा हुने विपत्तीमा तत्काल काम गर्न र नागरिकलाई सचेत बनाउनसमेत सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उक्त पार्टलमा बाढीपहिरो आउने स्थानका नागरिकलाई पूर्वसूचना दिने, नागरिकले आकस्मिक फोन गर्न सक्ने, सुझाव र गुनासा राख्ने, प्रक्रियागत अवस्था, भिडियो सन्देश तथा सम्बोधन, न्युज फिडलगायत सुविधा रहेका पार्टल निर्माणकर्ता दिवस लामिछानेले जानकारी दिनुभयो ।
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’-मुख्यमन्त्री कार्की

प्रतिक्रिया
ट्रेन्डिङ
‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ सम्पन्न
काठमाडाैं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ भव्य रूपमा…
आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बिहीबार बिहान ११…
अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन…
नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने
नेपाली उर्जा एवम अर्थ विज्ञहरुले भारत, बंगलादेश र नेपालबीच त्रिपक्षीय सहकार्यको महत्वपूर्ण सम्भावना रहेको बताएका…

