Ad imageAd image

सञ्चार मन्त्रालयको बजेटमाथि संसदमा उठेका प्रश्नमा मन्त्री शर्माको जवाफ यस्तो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि संसदमा उठेको प्रश्नको जवाफ दिनुभएको छ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ मन्त्री शर्माले दिनुभएको हो। मन्त्री शर्माले आगामी आर्थिक वर्ष २०८१र८२ देखि राष्ट्रिय समाचार समिति राससको समाचार सेवा २४ सै घण्टा सञ्चालन गरिने बताउनुभएको छ।

विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले तथ्यमा आधारित विश्वसनीय समाचार सेवा दिँदै आएको राससले आगामी आर्थिक वर्षदेखि २४सै घण्टा सेवा प्रवाह गर्ने जानकारी दिनुभयो।

- Advertisement -
Ad imageAd image

मन्त्री शर्माले राससको २४ घण्टाको सेवाबाट आमसञ्चार माध्यम र नागरिकले समयमै सत्यतथ्य र आधिकारिक समाचार प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले राससको २४ घण्टे सेवा सञ्चालन र मातृ भाषामा समाचार सम्प्रेषणका लागि सरकारले आवश्यक बजेट व्यवस्था गरेको बताउनुभयो।

राससले हाल बिहान ६ देखि राति ११ बजेसम्म सेवा प्रवाह गर्दै आएको छ।यसैगरी मन्त्री शर्माले राससको श्रव्य दृश्य सेवाको निरन्तरताका साथै मैथिली र नेवारी भाषामा समेत समाचार सेवा प्रवाह गर्न लागेको जानकारी दिनुभयो।

राससले यसअघि अवधि भाषामा समाचार सम्प्रेषण गर्दै आएको छ।मन्त्री शर्माले पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष पत्रकारिताको पक्षमा प्रतिबद्ध रहेको बताउनुभयो।

सेयर: 10
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
83%
3 km/h
बिहि
26 °C
शुक्र
23 °C
शनि
29 °C
आइत
29 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ