Ad imageAd image

राप्रपा सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने, इलाम र बझाङमा हुने उपनिर्वाचनमा सहभागी हुने

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ । राप्रपाको आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

शनिबारदेखि केन्द्रीय कार्यालयमा बसेको राप्रपाको बैठक आज सम्पन्न भएको हो । बैठकले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने तथा समर्थन गर्नुपर्ने परिस्थिति आए पार्टीले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर अगाडि बढ्ने लिने निर्णय गरेको उहाँले बताउनुभयो ।

इलाम र बझाङमा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । बैठकले उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेशका पार्टी अध्यक्षले सम्बन्धित जिल्लाका अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरेको राप्रपाले जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
94%
1 km/h
शनि
17 °C
आइत
25 °C
सोम
25 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ