Ad imageAd image

तीन जनाको मृत्यु, दुई जना घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार गए राती दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलदेखि तीन किलोमिटर नजिक रहेको पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधवार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सडकदेखि करिब एक सय मिटर तल खसेर भएको दुर्घटनामा स्याङ्जा पुतली बजार घर भई हाल बुटवल –१० बस्दै आउनुभएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल शर्मा), तिलोत्तमा–३ रुपन्देहीकी ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा परी दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपर उपरीक्षक विजयराज पण्डितले दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

- Advertisement -
Ad imageAd image

दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
overcast clouds
22° _ 22°
89%
1 km/h
बिहि
26 °C
शुक्र
27 °C
शनि
27 °C
आइत
29 °C
सोम
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ