टिप टप इन्डो नेपाल टी–२० एकेडेमी क्रिकेट आइतबारदेखि

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा हुने टिप टप इन्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता आगामी आइतबारबाट सुरु हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो ।  माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टोलीको सहभागिता छ । यस्तै प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ ।

प्रतियोगितामा १६ बर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । 

लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा एक्सिलेन्ट क्रिकट सेन्टर, बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, टिप टप डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोट्र्स एकेडेमीको सहभागिता रहनेछ ।

यस्तै पत्रकार सम्मेलनमा डिएभीका सह–प्रध्यानध्यापक रामचन्द्र खनाल, प्रतियोगिता डाइरेक्टर पुर्नेन्दु घोष र प्रतियोगिताका टेक्निकल हेड रवीन्द्र गुप्तालगायतको उपस्थिति थियो।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
100%
1 km/h
सोम
21 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ