Ad imageAd image

फालेलुङ गाउँपालिकामा वेस्ट बङ्गालका पर्यटक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिका आन्तरिकसँगै बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

छिमेकी मुलुक भारतको वेस्ट बङ्गाल र कोलकातासम्मका पर्यटक मोटरसाइकलमै आउन थालेपछि यो गाउँपालिका साहसिक पर्यटनको केन्द्र बनेको हो।

फालेलुङमा तीन सिमाना, फालौट, शिखरगुम, चारराते, मुवा झरना, पानावा झरना, खेवाथाम र सन्दकपुरसहित दर्जन बढी पर्यटकीय स्थल छन्।चौँरी पालन व्यवसायको पकेट क्षेत्र समेत रहेको फालेलुङमा स्थानीय सरकार र यस क्षेत्रका पर्यटन संम्वद्व व्यक्ति र संस्थाले प्रवर्द्धन गर्न थालेसँगै यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो।

- Advertisement -
Ad imageAd image

यहाँसम्म आउन भारत र नेपाल दुवै तिरबाट मोटरबाटोको सुविधा छ। भारततर्फ भने सिंहलिला नेशनल पार्कले मोटरसाइकल ल्याउन प्रतिबन्ध लगाएका कारण नेपालकै बाटो भएर यहाँसम्म भारतीय र नेपाली पर्यटक पुग्न थालेका हुन्।

शुक्रबार मात्रै सदरमुकाम फिदिम भएर वेस्ट बङ्गाल र कोलकाताका ८ जना बाइकर्स फालेलुङ पुगेका छन्। यसअघि पन्जाबबाट आएका पर्यटक समेत मोटरसाइकलमै फालेलुङ पुगेका थिए।

घुम्न आउने पर्यटकलाई यहाँका चौँरी गोठमा गोठ स्टे सेवा सँगै नजिकै रहेको प्राङवुङ बजारमा होम स्टे सञ्चालनमा ल्याइएको छ। यहाँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकार स्वयम् लागिपरेको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनुभयो।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
thunderstorm
19° _ 19°
100%
2 km/h
आइत
18 °C
सोम
29 °C
मंगल
28 °C
बुध
27 °C
बिहि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ