अवैध लागू औषध गाँजा मिसाई केक तयार गर्ने दुईजना पक्राउ

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । अवैध लागू औषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१७ सोह्रखुट्टे बस्ने २६ वर्षीय मोहमद फाजिल र दक्षिणकाली नगरपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१३ बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी छन् ।

इन्स्ट्राग्राममार्फत एक एकाउन्ट बनाई गाँजा प्रयोग गरी केक र कुकिज बनाई बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔष नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुबै जनालाई काठमाडौं सोह्रखुट्टेबाट मङ्गलबार पक्राउ गरेको हो ।

उनीहरूले ललितपुर महानगरपालिका-१३ स्थित एकान्त कुनामा घर भाडा लिई प्रयोग गर्दै आइरहेको कोठाबाट गाँजा १ किलो १ सय ग्राम, डाँठसहितको गाँजा १ किलो ५ सय ६८ ग्राम, केक १ किलो ९ सय ग्राम, बटर ९ सय ग्राम, कुकिज १ किलो ३ सय २४ ग्राम, माइक्रोओभन १ थान, डिजिटल तराजु १ थान, बेकिङ पाउडर, चक्लेटको फ्लेभरलगायतका विभिन्न सामग्री प्रहरीले बरामद गरेको छ ।

उनीहरूले विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केक र कुकिजका विभिन्न प्रकार बनाई अनलाइन डेलिभरीमार्फत अवैध कारोवार सञ्चालन गरिरहेका प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यसअघि गाँजा मिसावट गरी अवैध रूपमा केकको विक्री गर्ने काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई सोही ब्युरोबाट खटिएको प्रहरीले पुस २० गते पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
88%
मंगल
31 °C
बुध
32 °C
बिहि
33 °C
शुक्र
32 °C
शनि
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ